नगरनिगम चुनाउलाई केन्द्र गरेर पुलिसद्वारा सिलगढी सहरमा रूट मार्च

सिलगढी : आगामी 12 जनवरीमा सिलगढी नगरनिगम चुनाउ सम्पन्न हुनेछ। यसलाई लिएर पुलिस प्रशासनले सिलगढी सहरमा कठोर नजर राखिरहेको छ। निर्वाचन कमिशनको निर्देश अनुसार सिलगढी नगरनिगम चुनाउ अघि सहरमा शान्ति शृङ्खला बनाइ राख्न संवेदनशील इलाकाहरूमा पुलिसद्वारा विशेष नजर राखिरहेको छ। सिलगढी थानाको तर्फबाट पुलिसद्वारा आज बिहानदेखि सहरको केही इलाकाहरू खालपाडा, डाङ्गीपाडा लगायत विभिन्न इलाकाहरूमा रूट मार्च गरियो। सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर कुनै प्रकार अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर मेट्रोपलिटन पुलिसले सहरमा विशेष नजर राख्नको साथै पुलिसद्वारा इलाकामा वर्चस्वको काम पनि शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *