नगरनिगम चुनाउमा मात्र 5 वटा आसनमा भाजपा विजय, केही हेभिवेट नेताहरू पराजित 

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा भाजपाले सोचे अनुरूप आसन दखल गर्न सकेन भने केवल 5 वटा वार्डमा मात्र भाजपा प्रार्थीहरूले जीत हासिल गरेका छन्। गत विधानसभा चुनाउमा भाजपा सिलगढी सहित उत्तर बङ्गालको धेरैवटा आसनमा जीत हासिल गर्न सफल भए तापनि सिलगढी नगरनिगम चुनाउमा भने यसपल्ट भाजपाले प्रायः सबैजसो वार्डमा पराजितको मुख हेर्न परेको छ। 24 नम्बर वार्डका भाजपाका हेभिवेट प्रार्थी तथा विधायक शङ्कर घोष समेत चुनाउमा पराजित भएका छन्। यसैगरी, सिलगढीको 12 नम्बर वार्डका हेभिवेट प्रार्थी तथा काउन्सिलर नान्टु पाल, 15 नम्बर वार्डका भाजपा प्रार्थी राजु साहा, 10 नम्बर वार्डका भाजपा प्रार्थी प्रसनजीत पालले चुनाउमा पराजयको सामना गर्नपर्यो। स्मरण रहोस्, सिलगढी नगरनिगमको 47 वटा वार्डहरूमध्ये 5 वटा आसनमा मात्र भाजपाले जीत हासिल गरेको छ। नगरनिगम चुनाउमा भाजपा विजयी हुने कुरामा आशावादी रहे तापनि आज चुनाउको परिणामपछि भाजपा निराश देखिएको छ। सिलगढी नगरनिगम चुनाउको परिणामले सिलगढीवासीहरूको भाजपाप्रतिको मोह भङ्ग हुँदै गइरहेको प्रतीत हुँदछ। यसको साथै आगामी 2024-मा हुने लोकसभा चुनाउलाई पनि यस चुनाउ परिणामले केही हदसम्म प्रभाव पार्न सक्ने राजनैतिक विशेषज्ञहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *