नगर निगम चुनाउ परिणामः  माकपा-का हेभिवेट प्रार्थीहरू पराजित

सिलगढी : सिलगढीको 47 वटा वार्डमध्ये 23 वटा आसनमा जितेर गत 2015-मा नगरनिगमको बोर्ड गठन गर्ने वामफ्रन्टले यसपल्टको चुनाउमा केवल 4 वटा वार्डमा मात्र जीत हासिल गर्न सफल भएको छ। वामफ्रन्टको हेभीवेट नेताहरूले हारको सामना गर्न पर्यो भने वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्यको पराजयले अझै पार्टीको मेरूदण्ड नै कमजोर गरिदिएको छ। यसबाहेक स्निग्धा हाजरा, असिम साहा, गोलाप राय, मुकुल सेनगुप्त जस्ता वामफ्रन्टका नेताहरूले यसपल्ट हारको सामना गर्नपर्यो। यसैगरी, 33 नम्बर वार्डका सीपीआईएम प्रार्थी आसिम साहालाई तृणमूल प्रार्थी गौतमले पराजित गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *