नगर निगम चुनाउ : आरएसपी उम्मेदवारद्वारा देवल लेखन कार्य शुरू

सिलगढी: सिलगढी नगर निगम चुनाउको मिति घोषणा हुनसाथ सबै पार्टीले आ-आफ्नो प्रार्थीहरूको पक्षमा चुनाउ प्रचार शुरू गरेको छ। यसैक्रममा सिलगढी नगर निगमको 1 नम्बर वार्डमा आरएसपी-को उम्मेदवार विश्वजीत राय उर्फ चुनुको पक्षमा चुनाउ प्रचारको लागि देवलमा लेखन कार्य गरेको छ। आरएसपी उम्मेदवारले गत रातिदेखि नै यहाँको 1 नम्बर वार्डको पञ्चानन कोलोनीबाट देवल लेखन शुरू गरिसकेको छ। यसबारे विश्वजीत रायले बताए अनुसार आरएसपी-को तर्फबाट तिनको नाम प्रस्ताव पठाएकोले पार्टीले यसलाई स्वीकार गरेको छ। यसैले गर्दा नै गत रातिदेखि नै देवल लेखन कार्य शुरू गरेको हो। सिलगढी नगर निगमको 1 नम्बर वार्डको विकासको लागि नै आफु चुनाउ मैदानमा ओर्लिएको विश्वजीत रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *