नगरनिगमद्वारा किरणचन्द्र श्मशान घाटमा तेस्रो वैद्युतिक चुल्हा जडान गरिने

सिलगढी : सिलगढीको किरणचन्द्र श्मशान घाटमा मरेको मानिसहरूको दाह संस्कारको लागि तेस्रो वैद्युतिक चुल्हा जडान गरिने सिलगढी नगरनिगमले पहल शुरू गरेको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार सिलगढीको किरणचन्द्र घाटमा मरेको मान्छे जलाउने तेस्रो वैद्युतिक चुल्हा 1 करोड 30 लाख रुपियाँको लागतमा जडान गरिने साथै विधायक विकास कोषबाट 8 लाख रुपियाँको लागतमा महानन्दा नदीको किनारलाई सौन्दर्यीकरणको कार्य गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.