नगरनिगमद्वारा प्लास्टिकको क्यारी ब्याग विरुद्ध अभियान

सिलगढी : प्लास्टिकको क्यारी ब्यागको प्रयोगलाई रोकथाम गर्नको लागि सिलगढी नगरनिगमले एउटा विशेष अभियान चलायो। भक्तिनगर थाना पुलिसको सहयोगमा आज सिलगढी नगरनिगमले प्लास्टिकको क्यारी ब्यागको प्रयोगलाई रोकथाम गर्ने उद्देश्य लिएर उक्त अभियान चलाएको हो। उक्त अभियान अवधि 42 नम्बर वार्डको बङ्ग्ला बजारबाट लगभग 70 केजी प्लास्टिकको क्यारी ब्याग जफत गरेको छ। यसको साथै सुरज छेत्री नाम गरेका दोकानेको लाइसेन्स समेत रद्द गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *