नगरनिगमका 7 जना स्वास्थ्य कर्मीहरूलाई कोभिड टेस्ट पद्धतिबारे गराइयो प्रशिक्षण

सिलगढी : सिलगढी नगरनिगमका 7 जना स्वास्थ्य कर्मीहरूलाई कोभिड 19-को टेस्ट गर्ने पद्धतिबारे प्रशिक्षण गराइयो। सिलगढीको 46 नम्बर वार्डस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सिलगढी महकुमा परिषद्को पहलमा सीएमओएएच 2-को नेतृत्वमा 7 जना स्वास्थ्य कर्मीहरूलाई उक्त प्रशिक्षण गराइयो। आगामी दिनमा सिलगढीको विभिन्न बजारहरूमा र्याकपिड टेस्ट गराइने भएकोले आज यी स्वास्थ्य कर्मीहरूलाई प्रशिक्षण गराइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *