नगरनिगमको बैठकमा तृणमूलद्वारा सीएए, एनआरसी, एनपीआर-को विरोधमा प्रस्ताव

सिलगढी : सिलगढी नगरनिगमको मासिक बोर्ड मीटिङ आज सम्पन्न भयो। उक्त बोर्ड मीटिङमा सीएए, एनआरसी, एनपीआर-को विरोधमा तृणमूल कांग्रेसले विरोध प्रस्ताव पेश गर्यो। उक्त प्रस्तावलाई समर्थन जनाउँदै सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले चर्चालाई अघि बढाउने निर्देश दिए।


अर्कोतिर, सीएए, एनआरसी र एनपीआर-को समर्थनमा भाजपा काउन्सिलर खुशबु मित्तलले सभालाई बहिष्कृत गर्दै सभा कोठाबाट बाहिर निस्किन्।


सभाको अन्तमा, नगरनिगमको कार्यमा भेदभाद गरिरहेको आरोप लगाउँदै तृणमूल कांग्रेसका पार्षदहरूले पनि सभालाई वहिष्कार गरेको बताइएको छ। राज्य सरकारद्वारा प्रदान गरिएको राशि सिलगढी नगरनिगमले आफ्नो वार्डहरूको विकास कार्यमा मात्र खर्च गरिरहेको आरोप लगाउँदै विकास कार्यबाट तृणमूल समर्थित वार्डहरू वञ्चित रहेको तिनीहरूले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *