नगरनिगमको बैठकमा एनआरसी, एनपीआर र सीएए-को विरोध प्रस्ताव पेश गर्ने

सिलगढी : एनआरसी, एनपीआर र सीएए-को विरोधमा सिलगढी नगरनिगमको मासिक बैठकमा तृणमूल कांग्रेसले विरोधिता प्रस्ताव पेश गर्ने भएको छ। भोलि मंगलबार यस महिनाको सिलगढी नगरनिगमको पहिलो मासिक बोर्डको बैठक आयोजना गरिने भएको छ। उक्त बैठकमा तृणमूल कांग्रेसले सबैको सहमतिमा एनपीआर, एनआरसी र सीएए-को विरोधिता प्रस्ताव पेश गर्ने भएको छ। तृणमूलले सोमबार नगरनिगमको कमिश्नर सोनम वाङ्दी भुटियालाई यसबारे लिखित रूपमा जानकारी गराएका छन्। विरोधी दल नेता रञ्जन सरकारको नेतृत्वमा गएको एउटा प्रतिनिधि टोलीमार्फत् उक्त माग पेश गरिएको बताइएको छ। राज्य सरकारले सबै सरकारी कार्यालयमा केन्द्र सरकारको उक्त कानुन पालन नगर्ने निर्देश दिएको साथै नगरनिगमको समस्त काउन्सिलरहरूको सहमतिमा राज्य सरकारको उक्त निर्देशलाई पालन गरेर विरोधिता प्रस्ताव पेश गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *