नगरनिगमको बोर्ड मिटिङमा कञ्चनजङ्घा स्टेडियमको मैदानबारे विरोधीहरूले उठाए प्रश्न

सिलगढी : गत 21 फरवरीमा राज्यकी मुख्यन्त्री ममता ब्यानर्जीले सिलगढीको कञ्चनजङ्घा स्टेडियममा प्रशासनिक सभा गरेकी थिइन्। यसको लागि स्टेडियममा मञ्च बनाइएको थियो। स्टेडियमको मैदानमा ठाउँ-ठाउँमा खाल्डो खनेर मञ्च बनाएकोले गर्दा मैदान क्षतिग्रस्त बनेपछि विभिन्न महलकाहरूले यसबारे चिन्ता व्यक्त गरेका छन्। सिलगढी नगरनिगमको बोर्ड मिटिङमा आज कञ्चनजङ्घा स्टेडियमको मैदानबारे प्रश्न उठेपछि मेयरले चाँडै यसको समाधान गर्ने आश्वासन दिए। सिलगढी नगरनिगमको यस वर्षको दोस्रो बोर्ड मिटिङ आज सम्पन्न भयो। उक्त मिटिङमा विरोधी दलले कञ्चनजङ्घा स्टेडियमको क्षतिग्रस्त मैदानबारे प्रकाश पारे। विरोधी काउन्सिलर नुरूल इस्लामले भने, सिलगढीको कञ्चनजङ्घा स्टेडियम निर्माण गर्नमा सरकार मात्र नभएर सहरवासीको पनि ठुलो भूमिका रहेको छ। मुख्यमन्त्रीको सभाको लागि उक्त मैदान क्षतिग्रस्त बनाएकोमा तीव्र विरोध जनाउँदै तिनले चाँडै यसको मरमति गरिनुपर्ने माग गरे। वामपन्थी कालमा विविध कार्यक्रमहरूको आयोजना गरेर कञ्चनजङ्घा स्टेडियमको मैदानलाई ध्वंश गरिएको थियो भन्दै मेयरले उल्टै विरोधी नेतालाई प्रश्न गरे। तथापि, प्रारम्भिक चरणमा स्टेडियमलाई खेल्नको लागि उपयुक्त बनाइनेछ। पछि अत्याधुनिक रूपमा कञ्चनजङ्घा स्टेडियमलाई बनाइने मेयरले आश्वासन पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *