नगरनिगमको छेउछाउका इलाकाहरूमा जडान गरिएको सीसीटीभी क्यामेराको मेयर गौतम देवद्वारा उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमको पहलमा नगरनिगमको छेउछाउका इलाकाहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। आज एउटा कार्यक्रमबीच सिलगढी नगरनिगमका मेयर गौतम देवले यसको उद्घाटन गरे। सिलगढीको कोर्ट मोड, सिलगढी उच्चतर बालिका विद्यालय, सिलगढी उच्चतर बालक विद्यालय, हेड पोस्ट अफिस मोड, बाघाजतीन पार्क रोड आदिमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। सिलगढी नगरनिगमको अफिसमा रहेको कन्ट्रोल रूमबाट यी सीसीटीभी क्यामेराहरूमा नजर राखिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *