नगरनिगमको दायित्व निर्वाह गर्न नसके पद त्याग गरोस् : रञ्जन सरकार

सिलगढी : ‘मानिसहरूको लागि काम गर्न नसके दायित्व छोडिदिने नगरनिगमको प्रशासक मण्डलीविरुद्ध पूर्व विरोधी दल नेता रञ्जन सरकारले सल्लाह दिए। सिलगढी सहरवासीलाई सटीक परिसेवा दिने उद्देश्य लिएर आज रञ्जन सरकारको नेतृत्वमा तृणमूलले 10 सूत्रीय मागलाई लिएर प्रशासक अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। सिलगढी नगरनिगम कार्यालयमा आज ज्ञापन पत्र चढाउने क्रममा तिनले यस प्रकारको सल्लाह दिएका हुन्। कोरोना महामारीको समयमा मानिसहरूलाई परिसेवा प्रदान गर्न नगरनिगमको दायित्वप्राप्त प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्य विफल रहेको तृणमूल कांग्रेसले गम्भीर आरोप लगाएको छ। ज्ञापन पत्र चढाएपछि रञ्जन सरकारले प्रशासक मण्डलीका चेयरम्यानविरुद्ध क्षोभ प्रकट गरे। नगरनिगम बोर्डले आफ्नो दायित्व निर्वाह नगरेर केवल आर्थिक सहयोग मात्र माग्ने गरेको यस अवसरमा रञ्जन सरकारले बताए। तिनले अझ भने, केन्द्रले आर्थिक उपेक्षा गरे तापनि राज्य सरकारले मानिसहरूको लागि कार्य गरिरहेको छ। सिलगढीका प्रशासक बोर्डले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाउँदै यदि नगर प्रशासक बोर्ड जिम्मेवारी निर्वाह गर्नमा असमर्थ छ भने आफ्नो दायित्व छोडिदियोस् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *