नगरनिगमलाई पिउने पानीको कर तिर्न नपर्ने मेयरको घोषणा

सिलगढी : सिलगढी नगरनिगमका गरीब मानिसहरूले अबदेखि पिउने पानीको लागि कर तिर्नु पर्ने छैनन्। यसको साथै सिलगढी नगरनिगमको पहलमा आगामी जुन महिनासम्ममा विधवा भत्ता, वृद्धा भत्तालगायत सम्पूर्ण गरिब मानिसहरूको निम्ति विभिन्न योजनाहरू प्रदान गरिने भएको मेयर अशोक भट्टाचार्यले जानकारी दिएका छन्। तिनले पत्रकार सम्मेलनको आयोजना गरेर बताएअनुसार सिलगढी नगरनिगमवासीहरूको निम्ति विशेष गरेर हालसम्म प्राप्त नभएको विधवा भत्ता, वृद्धा भत्ता आगामी जुन महिनासम्ममा प्रदान गरिने छ। यसको साथै गत 8 महिनादेखिको वकाया राशि पनि मई महिना भित्रमा प्रदान गरिने तिनले बताए। यो केवल चुनाउलाई केन्द्र गरेर मात्र नभएर नगरनिगमका गरिब मानिसहरूको सुविधाको निम्ति पहल गरिएको पनि तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *