नगरनिगममा तृणमूलको ऐतिहासिक जीत हुनसाथ ममता ब्यानर्जी आइपुगिन् सिलगढी

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले ऐतिहासिक विजय हासिल गर्नसाथ तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जी आज अपरान्ह विमानमार्फत् सिलगढी आइपुगिन्। सिलगढी आइपुगेपछि तिनले यहाँको नौकाघाट मोडस्थित पञ्चानन बर्मनको सालिगमा माला चढाइन्। यस अवसरमा तिनले उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै सिलगढी नगरनिगम चुनाउमा विजय बनेका सबै उम्मेद्वारहरूलाई बधाई दिनको साथै तृणमूल कङ्ग्रेस प्रार्थीहरूलाई मतदान गरेर विजयी बनाउन सहयोग पुर्‍याउने मानिसहरूलाई पनि धन्यवाद दिइन्। स्मरण रहोस्, चुनाउ प्रचार अभियान अवधि गौतम देवले यसपल्टको सिलगढी नगरनिगमको चुनाउमा पार्टीले जीत हासिल गरेर तृणमूल नेत्री ममता ब्यानर्जीलाई सिलगढी उपहारको रूपमा दिन चाहेको बताएका थिए भने 47 मध्ये 37 वटा वार्डमा जीत हासिल गरेपछि ममता ब्यानर्जीले गौतम देवलाई मेयर पदको लागि घोषणा गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *