नगरनिगम तथा महकुमा परिषद चुनाउ चाँडै गरिनुपर्ने मागमा भाजयुमोद्वारा सिलगढीमा धरना प्रदर्शन

सिलगढी : भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाले सिलगढी नगरनिगम चुनाउ तथा महकुमा परिषदको चुनाउ चाँडै गरिनुपर्ने माग गर्दै आज सिलगढीमा धरना प्रदर्शन गर्यो। भाजपाका विधायक शङ्कर घोष लगायत कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढीको हासमी चोकमा हातमा प्ला कार्ड बोकेर विभिन्न माग गर्दै धरना प्रदर्शन गरे। यस अवसरमा शङ्कर घोषले भने, वर्तमान शासक दल तृणमूल कङ्ग्रेसले राज्य चुनाउ तथा गणतन्त्रलाई तमासा बनाइरहेको छ। पञ्चायत एवम् नगरनिगम चुनाउ 5 वर्षको अवधिमा गरिनुपर्ने आवश्यक रहे तापनि शासक दलले विधानसभा चुनाउमा पराजित भएका व्यक्तिहरूलाई स्थानीय प्रशासनमा बसाएर पञ्चायत तथा नगरनिगममा लुटपाट गरिरहेकोले साधारण मानिसहरू समस्या परेको तिनले आरोप लगाए। यसैले चाँडै चुनाउ गरिनुपर्ने माग गर्दै आज भाजपाले धरना प्रदर्शन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *