नगरपालिका एवम् सहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यले गरिन् एसजेडीएका अधिकारीहरूसित बैठक

सिलगढी :  नगरपालिका एवम् सहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यले आज एसजेडीए अधिकारीहरूसित एउटा बैठक गरिन्। उक्त बैठकमा केही मुख्य मुद्दाहरूमाथि चर्चा-परिचर्चा गरियो भने तीमध्ये धेरै समय अघिदेखि अधुरो रहेको कार्यहरू पूर्ण गर्न सामेल छन्। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै चन्द्रिमा भट्टाचार्यले नयाँ कार्यहरू शुरू नगरेर पुरानो अधुरो कार्यहरू पुरा गर्ने एसजेडीएलाई निर्देश दिएको बताइन्। यसबाहेक कावाखाली जमीन अधिग्रहण मामिलामा पनि उचित कदम उठाइरहेको बताइन्। वर्ष 2020-21 मा मोठ 18  वटा अनगोइन प्रोजेक्टको लागि प्रपोजल पठाइएको छ भने तीमध्ये 16 वटा प्रोजेक्टलाई अनुमति दिएको तिनले बताइन्। उक्त परियोजनालाई पुरा गर्न 2020-21 को वित्तीय वर्षको लागि 129 करोड़ रुपियाँ खर्च हुनेछ भने यसमध्ये 62 करोड़ रुपियाँ अनुमोदन भइसकेको तिनले बताइन्। अर्कोतिर, कोरोनाको तेस्रो लहरलाई रोकथाम गर्नको लागि विभागले अगावै पहल गरिसकेको साथै मानिसहरूलाई जागरूक गराउनको लागि मोबाइल भ्यान शुरू गरिने तिनले बताइन्। यसबाहेक वृद्धाहरूलाई चाँडै कोरोनाको भ्याक्सिन लगाइयोस् भन्ने उद्देश्य लिएर घर-घरमा गएर भ्याक्सिन लगाउने प्रक्रिया पनि शुरू गरिने भएको छ। तिनले केन्द्र सरकारमाथि कटाक्ष कस्दै भनिन्, राज्यमा 14 करोड़ भ्याक्सिनको आवश्यक रहे तापनि केन्द्र सरकारले मात्र 4 करोड़ भ्याक्सिन उपलब्ध गराएकोले गर्दा राज्यमा भ्याक्सिनको समस्या भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *