नगरपालिका चेयरम्यान ठकुरीले चौकी उठाएर विपक्षीहरूमाथि प्रहार गर्ने प्रयास गरेको हाम्रो पार्टीको आरोप

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल गठबन्धनको दार्जिलिङ नगरपालिकाको बोर्डले बोलाएको नगरपार्षदहरूको मिटिङमा पूर्व चेयरम्यान तथा हाम्रो पार्टीको नगरपार्षद रितेश पोर्तेल अनि अन्य नगरपार्षदहरूले दिन प्रतिदिन बढदै गइरहेको बहुतले बिल्डिङ आदि जस्ता विषयहरू उठाउँदा चेयरम्यान दीपेन ठकुरीले आफु बसेको चौकी उठाएर प्रहार गर्ने दुष्प्रयास गरेको हाम्रो पार्टी महासचिव भोटियाले आरोप लगाएका छन्। यसबारे तिनले भने, धेरै दिनपछि दार्जिलिङ नगरपालिकाको बीओसी मिटिङ बोलाएको थियो, मिटिङमा हाम्रो पार्टी र गोजमुमो नगरपार्षदहरू लगायत 14 जना नगरपाषर्दहरू विपक्षीको चौकीमा बसेका छौ। मिटिङमा हाम्रो पार्टी एवम् विपक्षीको पक्षबाट धेरैवटा प्रस्तावहरू राखेको थियो। यसैक्रममा अवैध निर्माणहरूको कुरा उठाउने बितिकै चेयरम्यान दीपेन ठकुरीले विपक्षीका नगरपार्षद तथा नगरपाषर्दिकाहरू माथि अभद्र ब्यावहार गर्दै आफु बसेको चौकी उठाएर प्रहार गर्ने दुष्प्रयास समेत गरेको महासचिव भोटियाले बताएका छन्। चेयरम्यान ठकुरीको यस्तो प्रकारको ब्यवहारको हाम्रो पार्टीले कठोर शब्दमा निन्दा गर्दछ भनी महासचिव भोटियाले बताए। पहाडको वर्तमान सत्ता दलले पहाडको राजनीति कुन दिशामा लानु खोज्दैछ भन्दै यो शुभ संकेत नरहेको तिनले बताए। हाम्रो पार्टी केन्द्रीय महासचिव चेयरम्यान दीपेन ठकुरीलाई चेताउनी दिँदै यस्तो प्रकारको दुष्प्रयास गर्ने काम नगरोस, यदि भोलीको दिनमा हाम्रो एकैजना नगरपाषर्दलाई सानो खरोस समेत आए,त्यसको दायी तिनी हुनेछ भन्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *