नगरपालिका चुनाउमा टीएमसीले नै बोर्ड गठन गर्नेछ : एलबी राई

मिरिक : सम्भवत: आउँदो फरवरी महिनाको अन्ततिर सम्पन्न हुन गइरहेको मिरिक नगरपालिका चुनाउको निम्ति मिरिकमा विभिन्न राजनैतिक दलहरूले राजनैतिक सक्रियता शुरु गरेको छ। यसै बीच टीएमसी सत्तासीन मिरिक नगरपालिकामा पुनः एकपल्ट टीएमसी पार्टीले नै बोर्ड गठन गर्ने मिरिक नगरपालिका अध्यक्ष एवम् हिल टीएमसीका चेयरमेन एलबी राईले दावी गरेका छन्। विगत पाँच सालसम्म नगरपालिका क्षेत्रमा गरिएको बुनियादी विकासलाई केन्द्र गरेर नै नगरवासीले टीएमसीलाई पूर्ण रूपमा साथ दिने कुरामा आफू विश्वस्त रहेको तिनले बताए। आउँदो चुनाउमा प्रतिपक्षी दलले भाग लिए तापनि नगरवासीको हितमा काम गरिरहेको टीएमसी पार्टीलाई नै जनताले रुचाउने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *