नगरपालिकाद्वारा दार्जिलिङ शहर क्षेत्रको सर-सफाई

दार्जिलिङ (निसं): दार्जिलिङ नगरपालिकाको तर्फबाट आज बिहिबार शहरस्थित चोक बजार, सुपर मार्केट अनि हिल कार्ट रोड परिसरको सर सफाई गरियो। नगरपालिका अध्यक्ष दिपेन ठकुरीको बिशेष उपस्थितिमा सम्पन्न भएको सफाई कार्यक्रम अवधि आज उप-अध्यक्ष श्रीमती प्रतिभा राई तामङ, नितेश गुरुङ (एमआईसी कन्जरभेन्सी), गणेश सार्की (एमआईसी) लगायत अन्य पार्षद-पार्षदिकाहरू पनि उपस्थित थिए।


आजको सफाई कार्यक्रम सफल बनाउनमा सहयोग पुऱ्याउने दार्जिलिङ दमकल विभाग, पुलिस प्रशासन साथै कन्जरभेन्सी विभागका कर्मचारीहरूलाई पार्षद नितेश गुरुङ अनि गणेश सार्की (एमआईसी कन्जरभेन्सी)-ले आभार व्यक्त गरेका छन्। दार्जिलिङ नगरपालिकाले आजदेखि शुरू गरेको सफाई अभियान अबदेखि सप्ताहको प्रत्येक बिहिबार अथवा प्रत्येक 15 दिनमा गरिरहने नगरपार्षद नितेश गुरुङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *