नगरपालिकाको कन्टेनमेन जोनको एलबी राईद्वारा निरीक्षण

मिरिक: मिरिक नगरपालिका अध्यक्ष एलबी राईले नगरपालिका क्षेत्रमा भएको कन्टेनमेन जोनको परिभ्रमण गरे। कोभिडको ताजा तथ्याङ्क अनुसार मिरिक नगरपालिका अन्तर्गत पर्ने तीनवटा थप नयाँ क्षेत्रहरुलाई पनि कन्टेनमेन जोनको रूपमा घोषणा गरेको छ। एलबी राईले यस भ्रमणमा संक्रमितहरुको मनोबल बढाउनको साथै केही आवश्यक सामग्रीहरु पनि प्रदान गरेको बताइको छ। यदि कसैलाई कुनै प्रकारको आपतकालिन अवस्था आएको खण्डमा तिनले आफु लगायत सम्बन्धित विभागमा निसङ्कोच सम्पर्क गर्ने पनि अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *