नगरपालिकाले सिल्ड गरेको दोकान खोले मालिकले बिना आदेश

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाले हालै वैध कागज-पत्र नभएको सहरस्थित एउटा दोकान सिल्ड गरिएको थियो भने उक्त सिल्ड गरेको दोकान मालिक पक्षले नगरपालिकाको बिना आदेश सिल्ड तोडेर पुन: खोलेपछि आज नगरपालिका पक्षले कठोर कार्वाही गरेको छ। नगरपालिकाको अधिकारीहरू आज उक्त दोकानमा पुगेर कार्वाही गर्दै दोकानको सबै सर-समानहरू समेत पुन: सिल्ड गरिदिएको छ। नगरपालिकाको नियमलाई उल्लंघन गरेको आरोपमा दोकान मालिक विरूद्ध दार्जिलिङ नगरपालिकाले आवश्यक कार्वाही गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *