नाबालिकासित सामूहिक दुष्कर्मपछि हत्याको घटनामा मोमबत्ती जलाकर शोक प्रकट

राजगञ्ज : राजगञ्जमा नाबालिकासित सामूहिक दुष्कर्म गरेपछि हत्या गरेको घटनामा तृणमूल कांग्रेसले मोमबत्ती जलाएर मृत छात्राप्रति शोक समवेदना व्यक्त गर्यो। आज राजगञ्ज ब्लकको सुखानी अञ्चल तृणमूल कांग्रेसको तर्फबाट राजगञ्ज पोस्ट अफिस मोड़मा मोमबत्ती जलाएर मृत नाबालिका छात्रा श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारण गरियो। जाँचमा लापर्वाही गरिरहेको आरोप लगाउँदै आरोपी पुलिसलाई सजाय दिनुपर्ने माग गर्नको साथै घटनाको आरोपीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गरेको छ। यस अवसरमा सुखानी अञ्चलकी प्रधान सम्पा दत्त, अरिन्दम ब्यानर्जीलगायत अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *