नाका चेकिङ अवधि सिलगढीमा 80 लाख रुपियाँसहित एकजना हिरासतमा

सिलगढी : चुनाउ आचार संहिता लागू भए तापनि एकजना व्यक्तिले आफूसित धेरै नगद रुपियाँ लिएर हिँडेको आरोपमा सिलगढी थाना पुलिसले यहाँको झन्कार मोडदेखि एकजना व्यक्तिलाई हिरासतमा लिएर छानबीन गरिरहेको छ। उक्त व्यक्ति बिहार निवासी आदित्य आनन्दको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीको झन्कार मोडमा नाका चेकिङ अवधि पुलिसले एउटा टोटोमा सवार व्यक्तिलाई छानबीन गर्दा तिनीबाट लगभग 80 लाख रुपियाँ उद्धार गरेको बताइएको छ। उक्त घटनापछि यसबारे आयकर विभागलाई जानकारी गराउनको साथै यसको छानबीन विभागका अधिकारीहरूले शुरू गरेका छन्। आयकर विभाग सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको रुपियाँ सहित व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएर यति धेरै परिणाममा रुपियाँ कहाँबाट अनि के-को लागि ल्याइएको हो भन्नेबारे सोधखोज भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *