नकली आधार कार्ड बनाएको आरोपमा 4 जना पक्राउ

कुचबिहार : नकली आधार कार्ड बनाएको आरोपमा कुचबिहारको घोकसाडाङ्गा थाना पुलिसले 4 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू असमको कोकराझाड़ निवासी फालु शेख, शाहजान अली, इनामुल हक र आखिरूल इस्लामको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति घोकसाडाङ्गा थाना पुलिसले अभियान चलाएर नकली आधार कार्ड बनाएको आरोपमा 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका 4 जना युवकलाई आज अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *