नकली भोटर कार्ड बनाएर चुनाउ जित्ने तृणमूलको योजना रहेको सायन्तन बसुको आरोप

सिलगढी: तृणमूल कांग्रेसले नकली भोटर कार्डको सहायतामा विधानसभा चुनाउ जित्ने प्रयास गरिरहेको तर तृणमूलको उक्त प्रयासलाई भाजपा कार्यकर्ताहरूले सफल हुन नदिने भाजपा राज्य महासचिव सायन्तन बसुले बताएका छन्। आज सिलगढीको फुलेश्वरी बजारमा चिया चर्चा कार्यक्रममा आफ्ना पार्टीका कार्यकर्ताहरूसित कुराकानी गर्दै तृणमूल कांग्रेसले नकली भोटर आई कार्डको सहयोगमा चुनाउ जित्ने कोशिश गरिरहेको तिनले आरोप लगाए। तृणमूल कांग्रेसको खोइरो खन्दै महासचिव सायन्तन बसुले भने, “राज्यमा मतदाताहरूको संख्यामा अचानक धेरै वृद्धि भएको छ। यसको पछि दुईवटा प्रमुख कारण छ, एक बंगलादेशबाट गैर कानुनी ढंगमा बंगालमा आएका मानिसहरू अनि दोस्रो राज्य सरकारले नकली भोटर कार्ड बनाएको हुनु पर्छ। तर यसले पनि अब दिदीलाई कुनै फाइदा पुग्ने छैन्।भाजपाका कार्यकर्ताहरू अब घर- घरमा गएर भोटर कार्ड  जाँच गर्ने अनि यदि कुनै प्रकारको गढबढी भेट्टाइएमा तत्कालै आवश्यक कार्वाही गरिने तिनले बताए। यसको साथै पश्चिम  बंगालका 45 लाख बोरोजगार युवाहरू रोजगारको लागि राज्य बाहिर गएकोले तिनीहरूलाई पुन: घर फर्काइ ल्याएर नोकरीको व्यवस्था गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *