नकली कस्टमर केयर : भत्केको फ्रिज बनाउँदा ठगीको सिकार व्यक्ति

सिलगढी : सिलगढीको मिलनपल्ली निवासी अमित अग्रवाल ठगीको सिकार भएका छन्। प्राप्त जानकारीअनुसार केही दिन अघि अमित अग्रवालले एउटा नाम चलेको कम्पनीको फ्रिज किनेका थिए। उक्त फ्रिज भत्केपछि तिनले इन्टरनेटको माध्यमद्वारा यसको कम्पनीको कस्टमर केयर नम्बर खोजी गर्दा तिनले त्यहीँ कम्पनीको नाम भएको एउटा नकली वेबसाइट खोलेर त्यहाँ दिएको नम्बरमा सम्पर्क गरे। यसपछि उक्त कम्पनीका एकजना व्यक्ति भत्केको फ्रिज बनाउनको लागि तिनको घरमा आएर फ्रिज बनाउनको लागि रुपियाँ लिए तापनि फ्रिजको मरमति नगरेको तिनको आरोप रहेको छ। यसपछि फेरि तिनले फ्रिज निर्माता कम्पनीसित सम्पर्क गर्दा आफू ठगीको सिकार भएको थाहा पाएपछि यसबारे थानामा एउटा अभियोग दर्ता गरे। आज उक्त भत्केको फ्रिज बनाउन आएका एकजना युवकलाई पक्रेर तिनले सिलगढी थाना पुलिसलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *