नकली खाद गोदाममा मतिगढा पुलिसद्वारा छापामार, एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले गत राति एउटा गोदामबाट धेरै मात्रामा नकली खाद (मल) उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति शशि रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मतिगढा थाना अन्तर्गत पर्ने त्रिपालीजोतस्थित एउटा गोदाममा नकली खाद बनाउने व्यवसाय चलिरहेको खबर पाएपछि पुलिसले अभियान चलाएर गोदामबाट लगभग 2.5 हजार किलो नकली खाद उद्धार गरेको छ।


नकली खाद बनाउने व्यवसायमा धेरैजना मानिसहरू सामेल रहेको साथै तिनीहरूले ठुल्ठुला कम्पनीहरूको नामको सहयोगमा नकली खाद तयार गर्ने काम गर्ने गरेको बताइएको छ। यस मामिलामा संलग्न रहेका मानिसहरूलाई पक्राउ गर्ने उद्देश्य लिएर आज आरोपीलाई सिलगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *