नकली लटरी बिक्री गर्ने 4 जना पक्राउ

सिलगढी : सिलगढीमा नकली लटरी बिक्री गरेको आरोपमा 4 जनालाई एनजेपी थाना पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले बाबु दास, विश्वजीत राय, सन्तोष पाल र प्रदीप सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका व्यक्तिले नकली लटरी बनाएर बजारमा बिक्री गरेर साधारण मानिसहरूलाई ठगिरहेको थियो। तिनीहरूले धेरै दिन अघिदेखि नकली लटरीको व्यवसाय चलाइरहेको थिए। एनजेपी थानामा यसबारे अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले नकली लटरीको व्यवसाय गर्ने 4 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *