नकली पुलिस काण्डका अझ एकजना आरोपी बालुरघाटबाट पक्राउ

सिलगढी : डीडी-ले नकली पुलिस काण्डका अझ एकजना आरोपीलाई बालुरघाटबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिजय‌ मुन्शीको रूपमा चिन्हित गरिएको छ। प्रधान नगर थाना पुलिसले नकली पुलिस मामिला डीडी-लाई सुम्पेपछि उक्त काण्डमा सामेल अन्य 2 जनालाई पक्राउ गरिसकेको छ। यसभन्दा अघि गत बुधबार डीडी-ले बाघाजतीन कोलनीबाट नकली पुलिस काण्डमा ड्राइभरको भूमिका निभाउने चञ्चल पोद्दारलाई पक्राउ गरेर 3 दिनको पुलिस रिमाण्डमा लिएर सोधखोज गरेपछि डीडी-ले बालुरघाटबाट बिजय मुन्शीलाई पक्राउ गरेर आज बिहान सिलगढी ल्याइपुर्‍याएको बताइएको छ। डीडी-ले आज आरोपीलाई सिलगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। नकली पुलिस काण्डमा हालसम्म 7 जना आरोपीलाई पक्राउ गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *