नकली पुलिस मामिलामा अझ 2 जना बालुरघाटबाट पक्राउ

सिलगढी : नकली पुलिस मामिलामा प्रधान नगर थाना पुलिसले अझै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विप्लव माली उर्फ पार्थो देव र अलोक दास सामेल छन्। आलोक दास केही दिन अघि पक्रा परेका चन्द्रा दासको भतिजा हुन्। हालै नकली पुलिस मामिलामा पुलिसले एउटी महिला सहित 3 जनालाई पक्राउ गरेपछि अदालतमा पेश गरेर 6 दिनको पुलिस हिरासतमा लिएको थियो। यसपछि तिनीहरूसित सोधखोज गर्दा पुलिसले यसको नेटवर्क बालुरघाटसित जोडिएको थाहा पाए। उक्त नेटवर्कको खुलासा गर्नको लागि एसटीएफ बालुरघाट र मालदा पुलिसलाई लिएर एउटा टोली बनाएपछि प्रधान नगर थानाको चार सदस्यको एउटा टोली आइतबार बालुरघाट गएर नकली पुलिस मामिलामा संलग्न रहेको आरोपमा अन्य 2 जनलाई पक्राउ गरेर सिलगढी ल्याइपुर्‍याएको छ। पक्रा परेका दुईजना व्यक्तिबाट पुलिसले 2 वटा डाइरी र महत्वपूर्ण दस्तावेज जफत गरेको छ। पक्रा पर्ने 2 जना व्यक्तिलाई सिलगढी अदालत पेश गरेर जाँचको लागि पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *