नकली रम-रक्सीसहित एकजना पक्राउ

खोरीबारी: खोरीबारी थाना पुलिसले अवैध रूपमा तयार गरिरहेको नकली रम-रक्सीको पर्दाफाश गरेको छ। पुलिसले अभियान चलाएर धेरै मात्रामा नकली रम-रक्सी, स्प्रिट, क्यामिकल, बोतल, लेभल आदि उद्धार गरेको छ। यसको साथै एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। डीएसपी अचिन्त्य गुप्ताले यसबारे जानकारी दिँदै बताए अनुसार खोरीबारी बुढ़ागञ्जको लोहासिंह जोतमा भाड़ामा घर लिएर केही व्यक्तिहरूले अवैध रूपमा नकली रम-रक्सी बनाइरहेको जानकारी पाएपछि छापामार अभियान चलाइयो। यस छापामार अभियान अवधि एकजनालाई पक्राउ गर्नको साथै धेरै मात्रामा रम-रक्सी, स्प्रिट, क्यामिकल, बोतल, लेवल आदि उद्धार गरेको छ। जफत गरिएको सामानहरूको अनुमानित मूल्य 14 लाख रूपियाँ रहेको पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *