नकली रम-रक्सी सहित 3 जना पक्राउ

सिलगढी : डिटेक्ट डिपार्टमेन्ट (डीडी) -को टोलीले गत राति घोगोमाली इलाकामा एउटा अभियान चलाएर धेरै मात्रामा नकली रम-रक्सी सहित 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा क्रमैले निताई साहा, पार्थो साहा र सुबल दास सामेल छन् भने तीमध्ये निताई हाकीमपाड़ा, सुबल 45 नम्बर वार्डको बाघाजतीन कोलनी र वाहन चालक पार्थो घोघोमाली  निवासी हुन्। तिनीहरूमध्ये निताई साहा र सुबल दासले मुख्य रूपमा रम-रक्सीको व्यवसाय गर्ने गर्दछन् भने पार्थो साह वाहन चालक हुन्। प्राप्त जानकारी अनुसार निताई साहा, पार्थो साहा र सुबल दासले एउटा पिकअप भ्यानमा धेरै मात्रामा नकली रम-रक्सी लिएर फुलबारीतर्फ जाने तर्खरमा थिए। गोप्य सूचनाको आधारमा डीडीको टोलीले घोघोमाली नजिक अभियान चलाएर एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा धेरै संख्यामा कार्टुनभित्र रम-रक्सी उद्धार गरे भने वाहन चालकले यसको वैध कागजपत्र देखाउन नसकेपछि तीनजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। डीडीले मोठ 59 वटा कार्टुनमा रम-रक्सी उद्धार गरेको छ जसमा मोठ 1 हजार 416 बोतल नकली रम-रक्सी रहेको छ। जफत गरेको अवैध रम-रक्सीको अनुमानित बजार मूल्य लगभग 4 लाख रुपियाँ रहेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *