नकली युपी पुलिस गुटको पर्दाफाश, तीनजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोशाकमा गत राति अभियान चलाएर नकली युपी पुलिस गुटको 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू युपी निवासी मोहम्मद सरताज अली (42), एमडी मेहताब (43) र हरिओम पाण्डे (51)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार यी तीनजना व्यक्ति उत्तर प्रदेशको नम्बर भएको एउटा वाहनमा सवार भएर सालबारी हुँदै सिक्किमतर्फ गइरहेको समय पुलिसले नाका चेकिङ अवधि सालबारी मोड़ नजिक उक्त वाहनलाई रोकेर युपी पुलिसको खाकी वर्दी लगाएर वाहनमा बसेका एकजना व्यक्तिसित पुलिसले सोधखोज गरे। सर्वप्रथम ती व्यक्तिहरूलाई युपी पुलिसका झैँ लागे तापनि सोधखोजको क्रममा तिनीहरू नकली पुलिस रहेको थाहा पाएपछि वाहन लगायत त्यसमा सवार 3 जना व्यक्तिलाई पक्राउ गरे। पक्रा परेका 3 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *