नक्सलबारीमा दोस्रो चरणमा दिदिर सुरक्षा कवज कार्यक्रम शुरू

नक्सलबारी : नक्सलबारीमा दोस्रो चरणमा दिदिर सुरक्षा कवज कार्यक्रम शुरू भएको छ। जिल्ला तृणमूल सभानेत्री पापिया घोषले आज नक्सलबारीमा दिदिर दूतको रूपमा जनसम्पर्क अभियान चलाए। तिनले आज श्मशान कालीबारीमा पुजा अर्चना गरेपछि नक्सलबारीको विभिन्न इलाकामा गएर साधारण मानिसहरूसित भेटघाट गर्नको साथै तिनीहरूको विविध समस्या तथा अभियोगहरू सुनिन्। तिनी आज नक्सलबारीको रायपाडास्थित होप फ्री वेल ब्याप्टिस्ट चर्चमा पनि गइन्। यसको साथै तिनले आज नक्सलबारी इस्कन मन्दिर र नक्सलबारी मजारको निरीक्षण गरिन्। यस अवसरमा तिनीसित सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, ब्लक सभापति पृथ्विश राय, युवा ब्लक सभापति विराज सरकार, विद्युत दास लगायत अन्य उपस्थित थिए। पापिया घोषले भनिन्, नक्सलबारी रायपाडाको घर-घरमा पुगेर गाउँलेहरूको समस्या सुन्नको साथै चाँडै ती समस्याहरूको समाधान गर्ने प्रयास गर्नेछु। यसको साथै इलाकामा 2 वटा सडकको कार्य चलिरहेको छ। आज साँझ जनसभा र पार्टी कार्यालयमा बैठक गरेपछि पार्टी कार्यकर्ताको घरमा कार्यक्रमको समापन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *