नक्सलबारीमा नशालु पदार्थसहित एकजना पक्राउ

नक्सलबारी : गोप्य सूचनाको आधारमा नक्सलबारी पुलिसले बङ्गाईजोत स्थित एउटा स्टेशनरीको दोकानमा अभियान चलाएर धेरै मात्रामा नशालु पदार्थ उद्धार गरेको छ। यसको साथै पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त  जानकारी अनुसार एशियन हाईवे 2 नजिक बङ्गाईजोतस्थित एउटा स्टेशनरीको दोकानमा पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर 10 किलो डोडा नशालु पदार्थ उद्धार गर्नको साथै एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको नक्सलबारी पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *