नक्सलबारीमा निःशुल्क नेत्र जाँच शिविर

नक्सलबारी : नक्सलबारी लायन्स क्लब र नक्सलबारी थानाको संयुक्त पहलमा तथा लायन्स नेत्रालयको सहयोगमा आज निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यस अवसरमा नक्सलबारी थानाका ओसी इफ्तेखार उल हसन, नक्सलबारी लायन्स क्लबका सचिव कौशिक आचार्यजी, नरेन्द्र प्रसाद, प्रहलाद विश्वास, देव प्रसाद भौमिक श्यामल, अनिल साहा लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। उक्त शिविरमा लगभग 120 जना मानिसहरूले आफ्नो आँखा जाँच गराएको साथै तीमध्ये 21 जना मानिसहरूलाई निःशुल्क अपरेशनको लागि छनौट गरेको कौशिक आचार्यले बताए। आगामी सोमबार तथा शुक्रबारको दिन तिनीहरूलाई एकपछि अर्को गर्दै सिलगढीको नेत्र लायन्स क्लबमा अपरेशनको लागि लैजाने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *