नालीमा झरेको तृणमूलको झण्डा उठाएकोमा तृणमूलद्वारा भाजपा विधायकको प्रशंसा

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा विभिन्न पार्टीले एकाअर्कामाथि चुनावी ब्यानर तथा पोस्टरहरू च्यातिदिएको आरोप लगाइरहेको छ भने आज सिलगढीको 24 नम्बर वार्डमा एउटा भिन्नै दृश्य अघि आएको छ। सिलगढीको 24 नम्बर वार्डका भाजपा उम्मेद्वार तथा सिलगढीका विधायक शंकर घोषले आज चुनाउ प्रचार अवधि नालीमा झरेको तृणमूल कङ्ग्रेसको झण्डा उठाएर रुखमा बाँधिदिएको दृश्य देखापर्यो। विधायकको उक्त कार्यले राजनैतिक दलहरूलाई एउटा नयाँ सन्देश दिएको छ। यस विषयमा विधायक शंकर घोषले भने, राजनीति आफ्नो ठाउँमा छ। सबै पार्टीलाई तिनीहरूको दलीय झण्डा सर्वोपरी रहेको साथै पार्टीमा झण्डाको आफ्नै महत्व रहेको तिनले बताए। जसरी आफ्नो पार्टीको झण्डालाई सम्मान गर्छु त्यसरी नै अन्य पार्टीको झण्डालाई पनि सम्मान गर्दछु भन्दै घोषले बताए। अर्कोतिर, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका प्रवक्ता देवब्रत दत्तले भाजपा विधायक शङ्कर घोषले झण्डालाई यसरी सम्मान गरेको कुरा निक्कै प्रशंसनीय रहेको बताउँदै सबै राजनीतिक पार्टीहरूले यसबाट शिक्षा लिइने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *