नामाङ्कन पत्र नपाए पछि तूफानगञ्जमा बीडीओ कार्यालय अघि भाजपाको प्रदर्शन

कुचबिहार (निसं): राज्यको चुनाउ आयोगले आगामी 8 जुलाई पञ्चायत चुनाउ गराउने घोषणा गरेपछि नामाङ्कन प्रक्रिया आजदेखि शुरू भएको छ। नामाङ्कन प्रक्रियाको पहिलो दिनमा नै आज विभिन्न ठाउँबाट अशान्तिको खबर प्राप्त भएको छ। यसैक्रममा, कुचबिहारको तूफानगञ्जमा नामाङ्कन पत्र नपाए पछि भाजपा कार्यकर्ताहरूले प्रदर्शन गरे। बीडीओ कार्यालयमा नामाङ्कन पत्र तिनीहरूले नपाएको आरोप लगाएको छ। यसपछि भाजपा कार्यकर्ताहरू साथै समर्थकहरूले बीडीओ कार्यालय अघिल्तिर विरोध प्रदर्शन गरे। यस अवधि तूफानगञ्ज विधानसभाका भाजपा विधायक मालती राभा राय पनि उपस्थित थिइन्। यस सम्बन्धमा भाजपा तूफानगञ्ज विधानसभाका विधायक मालती राव रायले भनिन्, यदि प्रशासन सही समयमा तयार रहेको भए आज 50 भन्दा अधिक उम्मेद्वारले नामाङ्कन भर्न सक्ने थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *