नमस्ते आईडल गायन प्रतियोगिताको सोमिफाइनल 8 नोभेम्बरमा हुने

खरसाङ (निसं): नमस्ते खरसाङको आयोजनामा नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको क्वार्टर फाइनल सम्पन्न भयो। यस क्वार्टर फाइनल चरणमा जम्मा 14 जनाले आ-आफ्नो प्रस्तुति दिएपछि निर्णायकहरूको निर्णय अनुसार सेमी फाइनल राउण्डका लागि 10 जना प्रतियोगी चयन भएका छन्। विश्व सुब्बा र सुप्रिना गिरीले सञ्चालन गरेको नमस्ते आईडल गायन प्रतियोगिताको क्वार्टर फाइनलको लागि निर्णायकहरूमा वरिष्ठ संगीतकार सहदेव चामलिङ, संगीतकार उपेन्द्र प्रधान र लोक गायिका सुचिता खाती रहेका छन् भने यसपाली अतिथि निर्णायकको रूपमा गायिका रिता गुरुङ उपस्थित थिइन्। त्यसरी नै यस गायन प्रतियोगितामा ग्राण्ड मास्टरको रूपमा वरिष्ठ संगीतकार, संगीत संयोजक र वरिष्ठ गायक महेश्वर तामाङ उपस्थित थिए। निर्णायकहरूको निर्णय अनुसार क्वार्टर फाइनलमा 14 जनाको प्रस्तुति पछि 10 जना प्रतियोगीहरूलाई सेमी फाइनलको लागि चयन गरिएको छ। अब आगामी 8 नोभेम्बरको दिन हुने सेमी फाइनलमा 10 जना प्रतियोगीहरूले हिन्दी र नेपाली संगीत क्षेत्रका कलाकारहरूलाई श्रध्दाञ्जलि अर्पण गर्दै प्रस्तुति दिने भएको छ। नमस्ते आईडल सिजन एक गायन प्रतियोगिताको आगामी 26 नोभेम्बरको दिन हुने फाइनलमा 5 जना प्रतियोगीहरूमाझ प्रतिस्पर्द्धा हुनेछ। नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको विजेतालाई आकर्षक ट्रफीसहित 25 हजार नगद राशि, दोस्रोलाई आकर्षक ट्रफीसहित 11 हजार र तेस्रो हुनेलाई ट्रफीसहित 5 हजार नगदराशि प्रदान गरिने भएको नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *