नामरिङ गोरामुमो शाखाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूद्वारा सामूहिक राजीनामा

तकदाह : गोरामुमो पार्टीबाट राजीनामा दिने क्रम अझसम्म थामिएको छैन। एकपछि अर्को गर्दै विभिन्न शाखा प्रशाखाका पार्टी नेतृत्वहरूले दिनहुँजसो राजीनामा दिइरहेका छन्। यसै क्रममा तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने नामरिङ शाखाका गोरामुमो पार्टीका अध्यक्ष सन्नी सुब्बा लगायत सम्पूर्ण शाखाका पदाधिकारीहरूले आ-आफ्नो पद तथा सदस्यताबाट समेत राजीनामा दिएका छन्। यसबारे तिनीहरूले जारी भीडियो मार्फत् जानकारी गराएका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *