नन्दीग्राम आसनबाट भाजपा प्रार्थी शुभेन्दु अधिकारी विजयी

नन्दीग्राम विधानसभा आसनको कठोर प्रतिस्पर्धाबीच अन्तिम चरणको मतगणनामा अन्ततः तृणमूल नेत्री ममता ब्यानर्जीलाई पराजित गरेर भाजपा प्रार्थी शुभेन्दु अधिकारी विजयी बने। दुई हेभीवेट नेताहरू माझको कठोर प्रतिस्पर्धालाई लिएर विभिन्न अडकलबाजीहरूबिच आज चुनाउ परिणामको दिन मीडियामा सर्वप्रथम तृणमूल नेत्री ममता ब्यानर्जीले 12 सय मतको व्यवधानले शुभेन्दु अधिकारीलाई पराजित गरेको खबर प्रकाशमा आए तापनि अन्ततः अन्तिम चरणको मतगणना अनुसार यसको ठीक विपरीत चुनाउको नतीज देखापरेको छ। प्राप्त जानकारीअनुसार मात्र 1622 मतको व्यवधानले भाजपा प्रार्थी शुभेन्दु अधिकारीले जीत हासिल गरेको बताइए तापनि यस विषयलाई लिएर ममता ब्यानर्जीले अदालतको दैलो ढकढकाउने बताएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *