नन्दीग्राम घटनाको विरोधमा सिलगढीमा गौतम देवको उपस्थितिमा प्रतिवाद र्‍याली

सिलगढी : नन्दीग्राममा हिजो साँझ मुख्यमन्त्री ममता ब्यानर्जीलाई परिकल्पित ढङ्गमा धक्का दिएपछि गम्भीर रूपमा घाइते भएको अभियोग लगाउँदै तृणमूल कङ्ग्रेसले आज राज्यभरिमै उक्त घटनाको प्रतिवाद जनाइरहेको छ। यसै क्रममा डाबग्राम-फुलबारी विधानसभा केन्द्रका तृणमूल प्रार्थी गौतम देवले पनि उक्त घटनाको कडा शब्दमा निन्दा गरेका छन्। डाबग्राम-फुलबारी विधानसभा इलाकाका कार्यकर्ताहरूलाई साथमा लिएर तिनले आज उक्त घटनाको प्रतिवादमा एउटा र्‍याली निकाले। यस अवसरमा तिनले नन्दीग्राम घटना पूर्ण रूपमा परिकल्पित रहेको बताउँदै ममता ब्यानर्जीलाई षड्यन्त्रपूर्वक धक्का दिएको आरोप लगाए। वाम शासनकालमा पनि तिनीमाथि धेरैपल्ट आक्रमण गरिएको थियो भने ईश्वरको कृपाले गर्दा तिनी त्यस समय बाँचेकी थिइन्। गत साँझ नन्दीग्राममा पनि यस प्रकारको घटना घट्यो। यसैको विरोध जनाउँदै आज आफूहरू सडकमा प्रतिवाद जनाउन ओर्लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *