नन्दीग्राम घटनाको विरोधमा तृणमूल युवा कङ्ग्रेसद्वारा सिलगढीमा धिक्कार र्‍याली

सिलगढी : योजनाबद्ध रूपमा ममता ब्यानर्जीमाथि हमला गरेको आरोप लगाउँदै आज दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसले एउटा धिक्कार र्‍याली निकाल्यो। सिलगढीको बाघाजतीन पार्कबाट आज दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले एउटा धिक्कार र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। नन्दीग्राम घटनामा भाजपा हात रहेको आरोप लगाउँदै यसको प्रतिवाद जनाउन उक्त धिक्कार र्‍यालीको आयोजना गरिएको तिनीहरूले बताए। उक्त र्‍यालीमा सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा, तृणमूल नेता वेदब्रत दत्त, कुन्तल राय लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए। तृणमूल कङ्ग्रेसको चर्चित खेला होबे स्लोगनलाई कटाक्ष गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले खेला खतम भनेको कुरालाई कार्यान्वित रूपमा उतारेको ओमप्रकाश मिश्राले आरोप लगाए। यसको साथै चुनाउ आयोगको शक्तिलाई भाजपाले दुरूपयोग गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *