नन्दीग्राममा भाजपाले 50 हजारभन्दा अधिक मतदानले चुनाउ जित्ने छ: कैलाश विजयवर्गीय

सिलगढी : नन्दीग्राममा ममता ब्यानर्जीमाथि भएको हमलालाई भाजपा नेता कैलाश विजयवर्गीयले विश्वकै आठौँ आश्चर्य रहेको कुरा बताए। सिलगढीमा आज एउटा पत्रकार सम्मेलनमार्फत् भाजपा नेता कैलाश विजयवर्गीयले यस प्रकारको मन्तव्य पोख्दै वास्तवमा मुख्यमन्त्री ममतालाई कुनै प्रकारको हमला नभएको तर तिनी अभाग्यवश लडेर दुर्घटनामा परेको बताए। स्मरण रहोस्, नन्दीग्राममा हालै चुनाउ प्रचार अवधि मुख्यमन्त्री तथा तृणमूल प्रार्थी ममता ब्यानर्जी घाइते भएकी छन्। तिनलाई योजनाबद्ध ढङ्गमा धक्का दिएको तिनले आरोप लगाएकी छन्। मुख्यमन्त्रीको उक्त आरोपको आधारमा कैलाश विजयवर्गीयले बंगालमा कुनै पनि राजनीतिक पार्टीको ममता ब्यानर्जीमाथि हमला गर्ने क्षमता नरहेको बताए। यदि यस्तो हो भने यो विश्वकै आठौँ आश्चर्य हो भनी तिनले बताए। तिनले अझ भने, नन्दीग्रामको तृणमूल प्रार्थी भएर ममता ब्यानर्जीले नन्दीग्रामकै मानिसहरूमाथि औँली उठाएकोले त्यहाँका मानिसहरू रूष्ट बनेका छन्। नन्दीग्राममा भाजपा प्रार्थी शुभेन्दु अधिकारीले पचास हजारभन्दा अधिक भोटले विजयी हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *