नारीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाको निम्ति ममता ब्यानर्जीले पर्याप्त काम गरिरहेको छ: हिल टीएमसी

कालेबुङ: कालेबुङ टीएमसी पार्टी कार्यालयमा आयोजित प्रेस सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला हिल टीएमसी प्रवक्ता शिखा राईले नारी जातिको शिक्षा, स्वास्थ्य अनि सुरक्षाको निम्ति राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पर्याप्त काम गरिरहेको बताइन्। तिनले राज्यका महिलाहरुको निम्ति लागू भएको कन्याश्री योजनालाई युएनओ-ले पनि मान्यता दिएको दावी गरेकी छन्। यसैगरी, भाजपा शासित राज्यहरुमा विशेष गरेर युवती एवम् महिलाहरूमाथि उत्पीडन तथा अपराध धेरै भइरहेको आरोप लगाउँदै भाजपाको ‘बेटी बचाउ बेटी पढाउ’ केवल नारामा मात्रै सीमित रहेको शिखा राईले आरोप लगाएकी छन्। तिनले राज्यमा आउँदो विधानसभा चुनाउमा तृण मूल कांग्रेसको जीत निश्चित रहेको दावी गर्दै तेस्रो पटक पुन: ममता ब्यानर्जी नै राज्यका मुख्यमन्त्री बन्ने छन् भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *