नानीहरूमाथि भइरहेको शारीरिक तथा यौन शोषणलाई रोक्न जागरूकतामूलक शोभायात्राको आयोजना

सिलगढी : नानीहरूमाथि भइरहेको शारीरिक तथा यौन शोषणलाई रोक्ने उद्देश्य लिएर आज एनजेपी रेलवे कोलनी प्राइमेरी स्कुल र यङ्ग इन्डियाको सहयोगमा एउटा जागरूकतामूलक शोभायात्रा निकालिइयो। नानीहरू शारीरिक तथा यौन शोषणको शिकार भइरहेका छन् भने केही नानीहरू डरले गर्दा यसबारे कसैलाई केही भन्दैनन्। जागरूकताको माध्यमद्वारा नानीहरूलाई यस प्रकारको अत्याचारबाट बचाउनको लागि आज उक्त शोभायात्राको आयोजना गरिएको बताइएको छ। उक्त शोभायात्रामा सिलगढी सहरको केही स्कुलका विद्यार्थीहरू सामेल थिए भने जलपाईगढी जिल्ला प्राइमेरी परिषदका चेयरम्यान लक्ष्यमोहन राय पनि उपस्थित थिए। उक्त शोभायात्राले एनजेपीको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक बापी चन्दले भने, धेरैपल्ट नानीहरू अनजानमा शोषणको शिकार हुने गर्दछन्। यसैले जागरूकता फैलाउने उद्देश्य लिएर आज शोभायात्राको आयोजना गरिएको हो। अर्कोतिर, यङ्ग इन्डियाको तर्फबाट रोहित तिवारीले भने, नानीहरूमाथि भइरहेको शारीरिक शोषण रोक्ने उद्देश्य लिएर उक्त पहल गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.