नान्टु पालले एसजेडीएको भाइस चेयरम्यानको पदबाट दिए राजीनामा

सिलगढी : नान्टु पालले एसजेडीए-को भाइस चेयरम्यानको पदबाट राजीनामा दिएका छन्। स्मरण रहोस्, सिलगढी विधानसभाको लागि तृणमूल प्रार्थीको घोषणा गरेपछि नै नान्टु पालले क्षोभ प्रकट गरेका थिए। यसपछि तिनले तृणमूल कङ्ग्रेसका शीर्ष नेताहरूसित एउटा बैठक गरेर पार्टीबाट राजीनामा दिएर निर्दलीय प्रार्थीको रूपमा 2021-को चुनाउ लड्ने बताएका थिए। अन्ततः नान्टु पालले आज सिलगढी-जलपाईगढी विकास प्राधिकरणको भाइस चेयरम्यानको पदबाट राजीनामा दिएका छन्। तिनले एसजेडीए कार्यालयकी सीईओ प्रियङ्का सिङ्गलालाई आज आफ्नो राजीनामा पत्र सुम्पे। यसबाहेक तिनले उत्तरबंग स्पोर्ट्स तथा गेम्स बोर्डका भाइस चेयरम्यानको पदबाट पनि राजीनामा दिए भने आफ्नो राजनीमा पत्र क्रीड़ा मन्त्री अरुप विश्वासलाई पठाएका छन्। आज पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, मैले आज राज्य सरकारद्वारा प्राप्त सबै पदहरूबाट राजीनामा दिएको छु, तर म जुन पदबाट निर्वाचित भएको छु त्यो पदबाट राजीनामा दिएको छुइनँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *