नर्बुजी लामाद्वारा खरसाङ नगरपालिका क्षेत्रमा चुनाउ प्रचार

खरसाङ : बिमलपन्थी गोजमुमोको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाले आज बिहानैदेखि खरसाङ नगरपालिका क्षेत्रमा आफ्नो चुनावी प्रचार जोडतोडले गरे। स्थानीय पार्टीका समर्थकहरूसित प्रार्थी नर्बुजीले यहाँको नगरपालिका क्षेत्रमा रहेको विभिन्न वार्डहरूमा गएर त्यहाँका मानिसहरूसित भेटेर कुराकानी गर्नको साथै तिनीहरूको विभिन्न असुविधा तथा समस्याहरू सुनेर चुनाउ जितेपछि ती समस्याहरूको समादान गरिदिने मतदाताहरूलाई आश्वासन दिए।


चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूलाई यसपल्ट चुनाउ नभएर गोर्खा जातिको लागि चुनौती रहेको बताउँदै गोर्खा जातिको शीर झुक्न नदिनको लागि टेबलको चिन्ह्रमा भोट दिने सबैसित आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *