नर्बुजी लामाको समर्थनमा मिरिकको विभिन्न ठाउँहरूमा चुनावी र्‍याली

मिरिक : गोजमुमो बिमल खेमाको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाले आज मिरिकको वार्ड नम्बर एकको एघार माइलस्थित चुनाउ कार्यालयदेखि चुनावी प्रचार ‍र्‍याली शुरू गरे। उक्त चुनावी र्‍यालीले स्थानीय पार्टी समर्थकहरूको उपस्थितिमा एघार माइलदेखि सिस्ने एकतीस, ओकाइटी चियाकमानको भ्रमण गर्दै प्रार्थी नर्बुजी लामाको पक्षमा मतदान गर्ने सबैसित अपील गर्यो। उक्त र्‍याली अवधि प्रार्थी नर्बुजी लामालाई ठाउँ-ठाउँमा स्थानीय मानिसहरूले भव्य स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *