नर्बुजी लामालाई बिमल खेमा मिरिक युवा मोर्चाद्वारा स्वागत

मिरिक: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाले खरसाङ विधानसभा आसनमा नर्बुजी लामालाई उम्मेदवार बनाएपछि गोजमुमो बिमल खेमा मिरिक महकुमा समिति युवा मोर्चाले स्वागत जनाँउदै नर्बुजी लामालाई विधानसभा चुनाउमा विपुल मतले जिताउने प्रतिबद्धता जाहेर गर्यो। युवा मोर्चा मिरिक महकुमा अध्यक्ष विक्रान्त राई अनि सचिव कुशल खनालले नर्बुजी लामा योग्य उम्मेदवार  रहेको बताँउदै सब‌ैलाई नर्बुजी लामाको पक्षमा मतदान गरिदिने अनुरोध पनि गरे। द्वयले दार्जिलिङ विधानसभा आसनका उम्मेदवार पिटी ओला अनि कालेबुङ विधानसभा आसनका आरबी भुजेललाई पनि बधाई एवम् शुभकामना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *